‘जसको नीति तथा योजना, उसैको नेतृत्व’ का लागि अध्यक्षमा उम्मेद्वारी : विश्व कार्की

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा रहेको बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सफल नेतृत्व गरी जिल्लामै नमुना खानेपानीको रुपमा विकास गर्ने अभियानमा लाग्नुभएका विश्व कार्की पुनः दोहोरीने ईच्छा व्यक्त गर्नुभएको छ । अध्यक्ष कार्कीले यहि पुष ३० गतेका दिन हुन गईरहेको ५ औं बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा दोस्रो कार्यकालको लागि ‘जसको नीति तथा योजना, उसैको नेतृत्व’ नारा सहित अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष समेत रहनुभएका कार्कीले यस खानेपानीलाई जिल्लामै नमुना खानेपानी बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ ।

संस्थाको उन्नति, प्रगति, विकास, उपभोक्ताको हकहित र सेवा सुविधाको निम्ति ५ बर्ष सम्म समर्पित कार्की ५ बर्षमा भए गरेका प्रगति विवरण अधिवेशनमा प्रस्तुत गर्ने बताउनुभयो । यस अवधिमा आफ्नो नेतृत्वमा आयोजना सहित हरेक सडक (बाटो) को दुबै तर्फ दोहोरो पाईपलाईन बिस्तार, नन्दनगरमा ब्यवस्थित कार्यालय भवन, नन्दनगर र बैजलपुरमा ४ लाख ५० हजार लिटरको दुबै ठाउँमा ओभरहेड ट्याङ्की, १००/१०० के.भि.ए.को ट्रान्सर्फमर, १००/१०० के.भि.ए.को जेनेरेटर, २/२ वटा बोरिङ्ग, दुबै ठाउँमा फिल्टर प्लान्ट, दुबै ठाउँमा पालेघर, पम्पघर निर्माणको काम रहेको योजनाको निर्माणको चरणमा रहेको कार्कीले स्पष्ट पार्नुभएको छ ।

निर्माणको चरणमा भएकोले यी सबै अधुरा कामहरु पुरा गर्नको निम्ति र संस्थाको उन्नति, प्रगति र हितको निम्ति पुनः उम्मेदवारी दिने निर्णय गरेको समेत उहाँले बताउनुभयो । सबै कामलाई सम्पन्न गर्न सबैको साथ र सहयोग खोजेको भन्दै उपभोक्ताहरुसंग सहयोगको अपेक्षा सहित कार्कीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

 

प्रतिक्रिया

खबर सबै