

उमेर पुगेकाे भाेलिपल्ट ‘पासपाेर्ट’ बनाएर विदेश जाने अवस्था अन्त्य हुनुपुर्छ : राजेन्द्र लिङ्देन



काठमाण्डाै
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर देशका समस्याहरू सामूहिकरूपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।
आज सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले देशका हरेक क्षेत्र अहिले ओरालो लागिरहेको भन्दै यसलाई सबै मिलेर समाधान गर्नेतर्फ सोच्नुपर्ने बताउनुभयो । उहाँले उमेर पुगेको भोलिपल्ट युवा राहदानी (पासपाेर्ट) बनाएर विदेश जानु परिरहेको भन्दै यो समस्यालाई तत्काल समाधान गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष लिङ्देनले किसानलाई समयमै मल र बिउ दिने कुरामा सरकारले बेलैमा सोच्नुपर्ने बताउनुभयो । कसैले कसैलाई निषेध गरेर अघि बढ्ने अवस्था नरहेको भन्दै सबैले सबैलाई स्वीकारेर आपसी समझदारीमा काम गर्नुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले देशको सबै क्षेत्र ओरालो लागेको अवस्था छ । अर्थतन्त्रको अवस्था भनिरहनुपर्दैन । हामी कोही अनभिज्ञ छैनौँ । बेरोजगारी कुन ढङ्गले बढेर भएको छ । उमेर पुगेको भोलिपल्ट हाम्रा युवा राहदानी बनाउने र आमाको काख र बाउको काख, देश छोडेर परिवार पाल्न हिँड्नुपर्ने नियति बनेको छ । कृषिप्रधान देश भन्छौँ, किसानले बाली लगाउने बेलामा मल पाउन सकेका छैनन् । मल पाउनु भाग्यको कुराजस्तो भएको छ । विकास निर्माण कस्तो छ सबैलाई थाहा छ । अहिले भएको पनि सुस्त छ । हामी कसैले कसैलाई निषेध गरेर ममात्रै अघि बढ्छु भन्ने अवस्था छैन ।’
अध्यक्ष लिङ्देनले राप्रपा देशको अस्थिरताको कारक नबन्ने प्रतिबद्धता पनि जनाउनुभयो ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया