

लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनलमा



जनकपुर रोयल्सलाई ६ रनले पराजित गरी लुम्बिनी अल स्टार्स टिम नेपाल टी २० लिगको फाइनल पुगेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो क्वालिफायर्समा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल खडा गरेको थियो । जवाफमा जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र जोड्न सक्यो ।
जनकपुरलाई अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक थियो । अन्तिम ओभरमा लुम्बिनीका किशोर महतोको पहिलो बलमा सोमपाल कामीले १ रन लिए । विष्फोटक ब्याटिङ गरिरहेका पवन सर्राफले त्यसपछिका तीन बलमा रन लिग सकेनन् । पाँचौं बलमा २ रन लिएका उनले अन्तिम बलमा पनि रन बनाउन सकेनन् ।
पवन १९ बलमा २ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे पनि टिमलाई जिताउन सकेनन् । जनकपुरका लागि सामीउल्लाह सेनवारीले सर्वाधिक ४५ रन बनाए । उनले ३१ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । ओपनर सराफउद्धिन अश्रफले १९ बलमा २४ रन बनाए । कप्तान ट्रेभोन ग्रिफिफ्तले १० रन जोडे ।बलिङमा लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान २–२ विकेट लिए । यसअघि लुम्बिनीका लागि इशान पाण्डेले सर्वाधिक ३८ रन बनाएका थिए । ओपनर हर्मीत सिंह पहिलो बलमै आउट हुँदा लाहिरु मिलान्थाले १६ रन जोडे ।
प्तान दिपेन्द्रसिंह ऐरी १०, अनिल शाह २४ र विपुल शर्मा २० रनमा आउट हँदा सेड्ली भान स्केल्कवेकले १७ रन योगदान गरे । बलिङमा जनकपुरका अशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले २–२ विकेट लिँदा कप्तान ट्रेभोन ग्रिफिफ्त र पवन शर्राफले १–१ विकेट लिए । जनकपुरले सोमबार हुने विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबीचको विजेतासँग दोस्रो क्वालिफायरमा मंगलबार खेल्नेछ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया