

माओवादीसँग एकताका लागि नेसपाले वार्ता टोली गठन गर्दै



काठमाडौं
नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आज वार्ता टोली गठन गर्ने भएको छ ।
आज बस्ने नेसपाको राजनीतिक समितिको बैठकबाट पार्टी एकताको लागि वार्ता टोलीको गठन गर्न लागिएको हो ।
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकताको चर्चा यसअघि बाटै चलेको थियो । शनिबार प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डसँग नेसपा अध्यक्ष बाबुराम भट्टराईले एकताका विषयमा छलफल गरेका थिए ।
त्यसपछि बाबुराम भट्टराईले पार्टी एकताको विषयमा प्रचण्डसँग गम्भीर छलफल भएको प्रतिकृया दिइसकेका छन् । मंसिर ४ को निर्वाचनमा नेसपाले माओवादी केन्द्रको हसिया हथौडा चिह्नबाट चुनाव लडेको थियो ।
उता माओवादी केन्द्रले पनि शनिबार नै उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता टोलीको गठन गरेको छ । जसको सदस्यहरुमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणी पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् ।
माओवादीको उक्त वार्ता टोलीले वाम एकताका लागि पहल गर्ने जनाइएको छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया