

सामाजिक सुरक्षामा वित्तीय दायित्व बढ्दो



काठमाडौं
सामाजिक सुरक्षामा क्रमशः बढ्दो वित्तीय दायित्वका कारण यस्ता कार्यक्रमको विस्तार र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । पछिल्लो दशकमा सरकारमा पुग्नेहरूले राजनीतिक अभीष्ट पूरा गराउन सामाजिक सुरक्षालाई अस्त्रका रूपमा प्रयोग गर्दा यसको व्ययभार झन् पछि झन् चर्किँदै गएको हो ।
२ दशकअघि आर्थिक वर्ष (आव) २०५९–६० मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा १ प्रतिशत हाराहारी रहेको सामाजिक सुरक्षा र संरक्षणको खर्च आव २०६९–७० मा २ दशमलव ५ प्रतिशत पुगेको विश्व बैंकको एक रिपोर्टले देखाउँछ ।
श्रम संगठन अन्तर्राष्ट्रिय (आईएलओ) ले गरेको नेपालमा सामाजिक सुरक्षाबारेको अध्ययनअनुसार आव २०६७–६८ मा सामाजिक सुरक्षा खर्च कुल गार्हस्थ्य उत्पादनको १ दशमलव ९ प्रतिशत रहेकोमा आव २०७२–७३ मा २ दशमलव ५ प्रतिशत पुगेको र त्यसपछिका वर्षहरूमा व्ययभार झन् चर्किँदै गएको छ ।
हालै राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना प्रतिवेदनले विकासोन्मुख राष्ट्रहरु मध्ये नेपालको व्ययभार उच्च रहेको छ ।
यो खबर आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया