

देउखुरी क्षेत्रमा राजमार्ग किनारका रूख मनपरी काटेपछि दाङ प्रशासनको चासो

दाङ : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरी क्षेत्रमा रूख काटिएको विषयमा जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ।
मनपरी रूख काटिएको भन्दै स्थानीयले प्रशासन कार्यालयमा गुनासो गरेका थिए। उक्त गुनासोपछि कार्यालयले वन कार्यालय, सडक डिभिजन कार्यालयलाई पत्र काटेको हो।
के भएको हो र किन रूखहरू कािटिएका हुन् भनेर प्रश्न पनि सोधिएको सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले जानकारी दिइन्। पत्राचार गरेपछि रूख काट्ने काम रोकिएको छ। लुम्बिनी प्रदेश राजधानीको केन्द्रभाग राप्ती गाउँपालिकामा सबैभन्दा धेरै रूख काटिएका छन्। लमही नगरपालिकासम्म पुग्दा प्रशासनको ध्यानाकर्षण भएको हो। सडक डिभिजन कार्यालय, दाङले मंसिर २० गते सडकको क्षेत्राधिकार खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो।
कपिलवस्तुको सीमाना धानखोलादेखि बाँकेको सीमाना शिवखोला सडकखण्डको केन्द्रबिन्दुबाट दायाँबायाँ ३१(३१ मिटर भित्र निर्मित संरचना १५ दिनभित्र हटाउन भनिएको थियो। सम्बन्धित व्यक्तिले तोकिएको समयमा संरचना नहटाए हटाउँदा लाग्ने खर्च समेत असुल गर्ने सूचनामा उल्लेख थियो।
उक्त सूचनापछि स्थानीयले आफ्नो जग्गामा पर्ने रूखहरू समेत काट्न थालेका हुन्। ‘वर्षौं पहिले रोपेर हुर्काएका रूखहरू रातारात स्वाहा पारिएका छन्,’ एक स्थानीयले भने, ‘ त्यही बेला प्रदेश राजधानी पनि दाङ आएपछि सडक खुला गर्ने र झाडी सफाइ गर्ने नाममा मनोमानी भएको हो।’
प्रहरी प्रशासनले पनि त्यतिखेर राप्ती पालिका क्षेत्रमा सडक खुला गर्ने तथा झाडी सफाइ गर्ने कार्य गरेको उनले बताए।
पछिल्लो समय जनगुनासो बढेपछि सडक विभागले पनि अनुसन्धान थालेको छ।यो सडकखण्डमा एमसिसी परियोजनासमेत लागु भएको छ। रुख काटिएको विषयमा सडक विभाग र एमसिसी परियोजनाका प्रतिनिधिले संयुक्त रूपमा स्थलगत अनुगमन समेत गरेको स्थानीय प्रशासनले जानकारी दिएको छ।
मोटामोटी एक हजारको हाराहारीमा साना ठूला रुखहरू काटिएको प्रशासनको अनुमान छ। स्थानीयले आफ्नो घर अगाडि पर्ने वा जग्गामा पर्ने रूखहरू काटेर आफैं लगेका थिए।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया