

भारतमा उच्च चिसाे र शीतलहरका कारण हृदयघात हुँदा २२ जनाको ज्यान गयो

एजेन्सी
भारतको उत्तर प्रदेशमा उच्च चिसो र शीतलहरबाट नागरिकमा हृदयघातको समस्या देखिएको छ । कानपुरमा एकैदिन हृदयघातका कारण कम्तीमा २२ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ज्यान गुमाउनेहरु सबै उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिममा रहेको कानपुरका बासिन्दा हुन् । लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी कानपुरले निकालेको पछिल्लो विवरण अनुसार अस्ति बिहीवार अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभाग (ओपीडी) मा ७ सय २३ जना मुटुका बिरामी आएका थिए । तीमध्ये अस्पतालमा ७ जनाको उपचारकै क्रममा ज्यान गएको थियो भने १५ जनालाई अस्पताल आइनपुग्दै मृत घोषणा गरिएको थियो ।
अस्पतालका डाक्टरले कानपुरमा फैलिएको शीतलहरका कारण अचानक रक्तचापमा वृद्धि भएको र त्यसले हृदयघात निम्त्याएको बताएका छन् । कानपुरमा व्यापक शीतलहर रहेको र हृदय रोगबाट पीडित हुनेको सङ्ख्या ह्वात्तै बढेको अस्पतालका निर्देशक विनय कृष्णले बताउनुभएको छ ।
स्वास्थ्य विज्ञले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह समेत दिएका छन् । भारतको उत्तरी राज्यमा केहीदिनदेखि तापक्रम निक्कै घटेको छ ।


खबर सबै
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना







प्रतिक्रिया