

आधुनिक कुखुरा पालनबाट विदेशभन्दा गाउँमै बढी आम्दानी



सुशील गैरे / कपिलवस्तु
मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ४ का युवराज अधिकारीले दिएका छन । आधुनिक प्रविधिको प्रयोग सँगै साथीको सल्ला अनुसार कुखुरापालन सुरु गरेका उनले े अहिले मनग्य आम्दानी गर्न सफल भएका छन ।
विदेश जानका लागि पासपोर्र्ट बनाएर ठिक्क परेका अधिकारीलाई वैदेशिक रोजगारीबाट फर्किएका साथीहरुले स्वदेशमै केहि गर्न सुझाब दिए सँगै उनले २ लाख लगानीबाट कुखुरा पाल्न सुरु गरे । अहिले उनको फर्ममा ३ हजार बढि कुखुरा छन् ।
३० वर्ष हुँदा व्यवसाय सुरु गरेका अधिकारिले कुखुरा कसरी पाल्ने,कसरी हेरचार गर्ने थाहा थिएन । खानेमुखलाई झुगाले छेक्दैन भने जस्तै उनले युट्युवको साहायताले ३ सय कुखुरा पालेर व्यवसायको सुरुवात गरेको बताए । उनी संगै उनका दुई छोरा र श्रीमतीले समेत व्यवसायलाई सहयोग गर्दै आएका छन ।
आधुनिक प्रविधि प्रयोग गर्ने उद्धेश्यले भारत पुगेर खोर निर्माण विज्ञको सहयोग लिई प्रविधिको प्रयोग गरिएको अधिकारीले बताए । फर्ममा उत्पादन भएका अण्डा स्थानीय बजार र नजिकका जिल्लामा बेच्दै आएका उनले लेयर्स कुखुरालाई आवश्यक पर्ने दाना समेत आफै उत्पादन गर्दै आएका छन ।
पहिलो ६ महिना चल्ला हुर्किने र बाँकी डेढ वर्ष सम्म अण्डा उत्पादन गर्न सकिने बताउदै अधिकारीले कुखुराको मल माछाको दाना र खेतबारीमा मलको रुपमा प्रयोग हुने हुँदा सहजै बिक्री हुने गरेको बताए । अण्डा दिन छाडे पछि मासुको रुपमा बिक्री हुने हुँदा अन्य कुखुरा पालन भन्दा मुनाफा धेरै हुने गरेको बताउदै हाल सम्म अधिकारीले डेढ करोड बढीको लगानी भएको बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया