

आधुनिक कुखुरा पालनबाट विदेशभन्दा गाउँमै बढी आम्दानी



सुशील गैरे / कपिलवस्तु
मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ४ का युवराज अधिकारीले दिएका छन । आधुनिक प्रविधिको प्रयोग सँगै साथीको सल्ला अनुसार कुखुरापालन सुरु गरेका उनले े अहिले मनग्य आम्दानी गर्न सफल भएका छन ।
विदेश जानका लागि पासपोर्र्ट बनाएर ठिक्क परेका अधिकारीलाई वैदेशिक रोजगारीबाट फर्किएका साथीहरुले स्वदेशमै केहि गर्न सुझाब दिए सँगै उनले २ लाख लगानीबाट कुखुरा पाल्न सुरु गरे । अहिले उनको फर्ममा ३ हजार बढि कुखुरा छन् ।
३० वर्ष हुँदा व्यवसाय सुरु गरेका अधिकारिले कुखुरा कसरी पाल्ने,कसरी हेरचार गर्ने थाहा थिएन । खानेमुखलाई झुगाले छेक्दैन भने जस्तै उनले युट्युवको साहायताले ३ सय कुखुरा पालेर व्यवसायको सुरुवात गरेको बताए । उनी संगै उनका दुई छोरा र श्रीमतीले समेत व्यवसायलाई सहयोग गर्दै आएका छन ।
आधुनिक प्रविधि प्रयोग गर्ने उद्धेश्यले भारत पुगेर खोर निर्माण विज्ञको सहयोग लिई प्रविधिको प्रयोग गरिएको अधिकारीले बताए । फर्ममा उत्पादन भएका अण्डा स्थानीय बजार र नजिकका जिल्लामा बेच्दै आएका उनले लेयर्स कुखुरालाई आवश्यक पर्ने दाना समेत आफै उत्पादन गर्दै आएका छन ।
पहिलो ६ महिना चल्ला हुर्किने र बाँकी डेढ वर्ष सम्म अण्डा उत्पादन गर्न सकिने बताउदै अधिकारीले कुखुराको मल माछाको दाना र खेतबारीमा मलको रुपमा प्रयोग हुने हुँदा सहजै बिक्री हुने गरेको बताए । अण्डा दिन छाडे पछि मासुको रुपमा बिक्री हुने हुँदा अन्य कुखुरा पालन भन्दा मुनाफा धेरै हुने गरेको बताउदै हाल सम्म अधिकारीले डेढ करोड बढीको लगानी भएको बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया