

बुटवलमा चर्कियो लघुवित्त खारेजीको नारा



रुपन्देही । बुटवलमा लघुवित्त खारेजीको आन्दोलन चर्किएको छ । लघुवित्तको खोलमा ठगी बढेको गुनासो गर्दै बुटवल बजारमा बिहिबार प्रदर्शन गरेका हुन् ।
देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्त विरुद्ध संघर्ष समितिले बिहीबार निकालेको विरोध ¥यालीमा सहभागीहरू अधिकांश महिला थिए । पीडितहरूले सहभागीले सरकारी निकाय गैरजिम्मेवार नबन, लघुवित्त संस्थाहरूको खारेजी गर, सामूहिक ऋण मिनाहा गर लगायतका नारा लगाएका छन् ।
समितिका अध्यक्ष मनिराम ज्ञवालीले ‘नवसामन्ति’ को रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज हुनुपर्ने, सामूहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग रहेको बताए ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया