

दाङ : कोरोनाको जोखिम बढेपछि कोइलाबास नाकामा हेल्थडेस्क स्थापना



दाङ
कोरोनाको नयाँ भेरियन्टबाट संक्रमणको जोखिम बढ्दै गएपछि दाङको गढवा गाउँपालिकाले भारतसँगको सीमा नाका कोइलाबासमा कोरोना चेकजाँच हेल्थडेस्क स्थापना गरेको छ । मंगलबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले हेल्थडेस्क स्थापना गरेका हुन् ।
भारतबाट नेपाल भित्रिनेहरुमा कोरोनाका सम्भावित लक्षण छन् कि छैनन् भनेर परीक्षण गर्न हेल्थ डेस्क सञ्चालनमा ल्याइएको अध्यक्ष पोख्रेलले जानकारी दिए । उनका अनुसार हाल सीमा नाकाबाट आउ–जाउ गर्नेहरुलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।
हेल्थ डेस्क स्थापना कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले कोरोनाको नयाँ भेरियन्टबाट बच्न आ–आफ्नो स्थानबाट सावधानी अपनाउन अनुरोध गरे । स्वास्थ्यमा लापरबाही नगर्न र भारतीय सुरक्षाकर्मीहरुसँग पनि सहकार्य गरेर सीमा नाकामा कडाइ गर्न उनले सुरक्षाकर्मीहरुलाई पनि आग्रह गरे ।
गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीका अनुसार तत्कालका लागि हेल्थ डेस्कमा कोइलाबास स्वास्थ्य चौकीबाट एकजना स्वास्थ्यकर्मीलाई खटाइएको छ । यात्रुहरुको चाप बढेमा थप जनशक्ति परिचालन गरिने उनले बताए ।
लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकाबाट भारतसँग जोडिएको सबैभन्दा नजिकको नाका कोइलाबास हो । लमही बजारबाट कोइलाबाससम्मको दुरी जम्मा साढे ३३ किलोमिटर छ जबकी कपिलवस्तुको कृष्णनगर पुग्न ८० किलोमिटर र बाँकेको नेपालगञ्ज पुग्न १२५ किलोमिटर दुरी पार गर्नुपर्छ ।
भारतको तुलसीपुरसँग जोडिएको दाङको कोइलाबास विगतमा दाङ र त्यस आसपासका जिल्लाका लागि मुख्य व्यापारिक नाका थियो । मानिसहरु गढवा हुँदै घोडा, राँगामा सामान ओसारपसार गर्दथे । तर पूर्व–पश्चिम राजमार्ग बनेपछि कोइलाबास नाका सुकेको थियो । हाल लुम्बिनी प्रदेश सरकार र गढवा गाउँपालिकाले कोइलाबास नाकामा पुनस् चहलपहल ल्याउने प्रयास गर्दै आएका छन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया