

दाङ : कोरोनाको जोखिम बढेपछि कोइलाबास नाकामा हेल्थडेस्क स्थापना

दाङ
कोरोनाको नयाँ भेरियन्टबाट संक्रमणको जोखिम बढ्दै गएपछि दाङको गढवा गाउँपालिकाले भारतसँगको सीमा नाका कोइलाबासमा कोरोना चेकजाँच हेल्थडेस्क स्थापना गरेको छ । मंगलबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले हेल्थडेस्क स्थापना गरेका हुन् ।
भारतबाट नेपाल भित्रिनेहरुमा कोरोनाका सम्भावित लक्षण छन् कि छैनन् भनेर परीक्षण गर्न हेल्थ डेस्क सञ्चालनमा ल्याइएको अध्यक्ष पोख्रेलले जानकारी दिए । उनका अनुसार हाल सीमा नाकाबाट आउ–जाउ गर्नेहरुलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।
हेल्थ डेस्क स्थापना कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले कोरोनाको नयाँ भेरियन्टबाट बच्न आ–आफ्नो स्थानबाट सावधानी अपनाउन अनुरोध गरे । स्वास्थ्यमा लापरबाही नगर्न र भारतीय सुरक्षाकर्मीहरुसँग पनि सहकार्य गरेर सीमा नाकामा कडाइ गर्न उनले सुरक्षाकर्मीहरुलाई पनि आग्रह गरे ।
गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीका अनुसार तत्कालका लागि हेल्थ डेस्कमा कोइलाबास स्वास्थ्य चौकीबाट एकजना स्वास्थ्यकर्मीलाई खटाइएको छ । यात्रुहरुको चाप बढेमा थप जनशक्ति परिचालन गरिने उनले बताए ।
लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकाबाट भारतसँग जोडिएको सबैभन्दा नजिकको नाका कोइलाबास हो । लमही बजारबाट कोइलाबाससम्मको दुरी जम्मा साढे ३३ किलोमिटर छ जबकी कपिलवस्तुको कृष्णनगर पुग्न ८० किलोमिटर र बाँकेको नेपालगञ्ज पुग्न १२५ किलोमिटर दुरी पार गर्नुपर्छ ।
भारतको तुलसीपुरसँग जोडिएको दाङको कोइलाबास विगतमा दाङ र त्यस आसपासका जिल्लाका लागि मुख्य व्यापारिक नाका थियो । मानिसहरु गढवा हुँदै घोडा, राँगामा सामान ओसारपसार गर्दथे । तर पूर्व–पश्चिम राजमार्ग बनेपछि कोइलाबास नाका सुकेको थियो । हाल लुम्बिनी प्रदेश सरकार र गढवा गाउँपालिकाले कोइलाबास नाकामा पुनस् चहलपहल ल्याउने प्रयास गर्दै आएका छन् ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया