

समयमा नै कार्यालय नपुग्ने कर्मचारीको तलब काटिन्छ : भौतिक पूर्वाधारमन्त्री श्रेष्ठ



काठमाण्डाै
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समयमा कार्यालय नपुग्ने कर्मचारीलाई कारबाही हुने बताउनु भएको छ ।
सोमवार केही सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा उहाँले कार्यालय र मातहतका निकायमा अनिवार्यरुपमा १० बजे कर्मचारी आएर हाजिर लगाइसक्नु पर्ने बताउनुभयो । ढिलो आएर काम छल्नेको तलब काटिने उहाँले बताउनुभयो । विशेष कारण परेका बेला भने कहिलेकाहीँ छुट दिइने मन्त्री श्रेष्ठले बताउनुभयो ।
यस्तै, उहाँले मन्त्रालयका कार्यालय सहयोगीदेखि चालकसम्म सबैका गुनासा र सुझाव सुन्नका लागि हरेक महिना बैठक आह्वान गर्ने र बैठकमा उनीहरुको कुरा सुन्ने व्यवस्था मिलाइएको पनि बताउनुभयो ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया