

सानिमा लाईफ इन्स्योरेन्स जितपुर शाखामा बृहत अभिकर्ता पुनर्ताजगी कार्यक्रम सप्पन्न





कपिलवस्तु : सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कपिलवस्तु जीतपुर शाखाको आयोजनामा बृहत अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ ।
मायादेबी रिसोर्ट बैरियामा आयोजना गरिएको कार्यक्रममा पुर्नर्ताजकी कार्यक्रम सँगै तथा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लि. का मुख्य प्रबन्धक गणेश चौलागाईंको प्रमुख आतिथ्य रहेको थियो भने प्रदेश प्रमुख मदन गाहाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन जितपुर शाखा प्रमुख दीपक कुँवरले गर्नुभएको थियो ।
कार्यक्रममा जितपुर, चन्द्रौटा र तौलिहवाका करिब ६० जना अभिकर्ताको उपस्थितिरहेको जितपुर शाखा प्रमूख कुवरले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक गणेश चौलागाईंले जीवन बिमा अनिवार्य भएको र हामी बिमित परिवारको सुरक्षा गर्ने पबित्र कार्यमा लागेको बताउनु भयो। त्यस्तै उहाँले सानिमा लाइफमा जोडिएका सबैलाई धन्यवाद पनि दिनु भयो । यस्तै प्रदेश प्रमुख मदन गाहाले बिमा एक पवित्र कार्य भएको हुदा एक घर एक बिमा गराउने अभियानमा लाग्न सबैलाई अनुरोध गर्नु भयो।
कार्यक्रम संचालक तथा जीतपुर शाखा प्रमुख दीपक कुँवरले सानिमा लाइफमा जोडिने सबैलाई बधाई दिदै आगामी दिनमा जीवन बिमाको महत्त्व बताउदै सबै नेपाली जनताको माझमा बिमा बारे सचेतता जगाउनु पर्नेमा जोड दिनु भयो ।
सो कार्यक्रममा सबै शाखाका एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया