गोकुल बास्कोटाले प्रम प्रचण्डलाई भने – ‘मलको व्यवस्था गर पहिला, मोबाइलमा नअल्झिनु

काठमाडौं

सरकारले पछिल्लो समय विदेशबाट ल्याइने मोवाइल सेटमा कडाई नगर्न निर्देशन दिएको प्रति एमाले नेता गोकुल बास्कोटाले असन्तुटि जनाएका छन् ।

प्रतिनिभिसभा सदस्यसमेत रहेका बास्कोटाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै किसानले बर्षौँ देखि मल नपाइरहेका अवस्थामा सोको प्रबन्ध गर्नका साटो सरकार मोवाइलमा अल्झिएको टिप्पणी गरेका हुन् ।

उनले एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गराउन खोजेको भन्दै कति ल्याउने नल्याउने कोटा तोक्ने ब्यबस्था नगरेको तर्कपनि गरेका छन् ।

उनले स्टाटसमा भनेका छन्, ‘किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भइसक्यो। तर नयाँ सरकारको पछ्यौरी मोबाईल सेटमा अल्झे जस्तो छ।’

अहिले किसानलाई मल चाहिएकाले सरल ढंगले पाउने प्रबन्ध पहिला गर्न आग्रह गरेका छन् ।

‘एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने हो । कति ल्याउने नल्याउने कोटा तोक्ने ब्यबस्था गरेको छैन,’ उनले भनेका छन्, ‘त्यो सरकारको कुरा हो। मल चाहियो मल किसानलाई । त्यो सरल ढंगले पाउने प्रबन्ध गर पहिला।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन पाउने मोबाइलका सम्बन्धमा गरिएको यसअघिको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।

उक्त नियम लागू गर्दा विदेशबाट एकथान मोबाइल ल्याउँदा सरकारले १८ प्रतिशतसम्म कर लाग्ने अवस्था छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार छलीको मोबाइल नियन्त्रण गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडिएमएस) कार्यान्वयन गर्ने लागेको थियो ।

सो व्यवस्था लागू भएपछि विदेशबाट फर्किने क्रममा ल्याइएको उपहारका रुपमा एकभन्दा बढी मोबाइल फोन ल्याइएमा १८ प्रतिशतसम्म भन्सार लाग्ने र तेस्रो मोबाइल ल्याएमा भन्सार विभागले जफत गर्ने उल्लेख छ ।

प्रतिक्रिया

खबर सबै