

तीन सय बढी विद्यार्थीको सहभागितमा सकियो लुम्बिनी भिजन कलेजमा खेलकुद सप्ताह





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ३ गंगौलीमा रहेको लुम्बिनी भिजन क्याम्पसमा खेलकु्द सप्ताह सम्पन्न भएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लगि खेलकुद भन्ने मुल नाराका साथ क्याम्पसका खेलकुद संयोजक विष्णुप्रसाद भट्टराईको संयोजकत्वमा खेल सप्ताह सम्पन्न भएको हो ।
विद्यार्थीहरुको शारीरिक, मानसिक, संवेगात्मक लगायत सर्वाङ्णि पक्षको उच्चतम विकासको लगि खेलकुदले अहम भुमिका निर्वाह गर्ने भएकाले क्याम्पसमा वर्षनी खेलकुद सप्ताह आयोजना गर्ने क्याम्प प्रमुख सुन्दर पाण्डेले बताउनु भएको छ । क्याम्पसमा खेलकुद सप्ताहकै रुपमा वर्षमा एक पटक हुने भए पनि बिचबिचमा भने क्याम्पसले विभिन्न खेलकुद कार्यक्रम आयोजना गरिरहने पनि उहाँले बताउनु भएको थियो ।
यहि पौष ५ गते देखि १२ गते सम्म भएका विभिन्न खेलहरुमा ३ सय बढि विद्यार्थीको उपस्थिती रहेको थियो । क्रिकेट, फुटबल, भलिवल, ब्यडमिन्टन, चेस, हाइजम्प, लङजम्प, दौड स्लो साइकल दौड, सटपुट, लुडो लगायत विभिन्न २२ खेलकुदका कार्यक्रम सञ्चालन भएकोमा ९८ विद्यार्थी विजेता बन्न सफल भएको खेल संयोजक विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यता विद्यार्थीहरु पनि पढाइ सगैँ खेलकुदका कार्यक्रममा भाग लिन पाएको भन्दै खुसी व्यक्त गरेका थिए । जिल्लाका अधिकांश विद्यालय र क्याम्पसमा खालि किताबी ज्ञानलाई मात्र प्राथमिकता दिने तर अतिरिक्त क्रियाकलापलाई वेवास्ता गर्ने प्रचल बढिरहेको बेला आफुहरु भने समय समयमा खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा सहभागि हुन पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
समाचार स्रोत चेतन बिष्ट


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया