

सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र



काठमाण्डौँ
सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपियाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।
ठूला गोष्ठी, बैठक, सम्मेलनलगायतका कार्यक्रमको आयोजना गर्ने उद्देश्यका लागि केन्द्र निर्माण गरिएको हो । बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले भने, “सञ्चालन कार्यविधि तयार नहुँदा सम्मेलन केन्द्रलाई बन्द राख्नु परेको छ ।” सहरी विकास तथा भवन निर्माण विभागले सञ्चालन कार्यविधि तयार गरेर सङ्घीय सहरी विकास मन्त्रालयमा पठाएको थियो । कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ ।
सरकारले २०६५ सालमा सभाहल निर्माण गर्ने निर्णय गरेको थियो । सोअनुरूप २०७१ माघ १५ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । निर्माण सुरु हुन नपाउँदै २०७२ सालको भूकम्प, त्यसपछिको नाकाबन्दी, मधेश आन्दोलन र कोभिड–१९ को महामारीका कारण सम्मेलन केन्द्रको निर्माण कार्यमा ढिलाइ भएको थियो । केन्द्र भवन निकै आकर्षक छ । बुटवल मण्डपमा बनेका सबै संरचना आकाशबाट हेर्दा चन्द्रसूर्यको आकारमा तयार पारिएको छ ।
कार्यविधिमा केन्द्रमा रहेका पाँच सय जना क्षमताको सभाहल नगरपालिका वा गाउँपालिकाले सञ्चालन गर्न पाउने र उपमहानगरपालिकाले सात सय जना क्षमताको र महानगरपालिकाले एक हजार सिट वा सोभन्दा बढी क्षमताको सभाहल सञ्चालन गर्न पाउने प्रस्ताव गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले केन्द्रलाई उपमहानगरपालिकाले जिम्मा पाए आफूहरूले सञ्चालन गर्न सक्ने बताए । सम्मेलन केन्द्रसँगै एक सय जनाको क्षमता भएका दुईवटा मल्टिपर्पोज भवन छन् । सर्भिस ब्लक दुईवटा छन् । क्यान्टिन, ग्रिन हाउस, कर्मचारी आवास भवन र सुरक्षा गार्ड भवन पनि निर्माण गरिएको छ । यसको मासिक सञ्चालन खर्च १३ लाख रुपियाँ हुने अनुमान गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया