

नेपाल टी–२० लिगको सुपर ओभरमा लुम्बिनीले फार वेस्टलाई हरायो


काठमाण्डौ । नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई हराएको छ ।
त्रिवि क्रिकेट मैदानमा आज बुधवार भएको पहिलो खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरलाई हरायो । सुपर ओभरमा लुम्बिनीले दिएको २० रनको लक्ष्य पछ्याएको फार वेस्टले १० रनमात्र बनाउन सक्यो ।
यसअघि फार वेस्टले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३७ रन बनायो । लुम्बिनीका लागि गुलसन झाले नटआउट ३६, लाहिरु मिलन्थाले ३४ र विपुल शर्माले ३१ रन बनाए । फार वेस्टका करण केसी र शेर मल्लले दुईरदुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३७ रन बनायो । फार वेस्टका लागि देव खनालले ४८ र हशमतुल्लाह शाहिदीले ३२ रन बनाए । लुम्बिनीका श्याडली भान स्खलक्विकले दुई विकेट लिए ।
लुम्बिनी लगातार चौथो जित निकाल्दै आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको फार वेस्ट दुई अङ्कसहित चौथो स्थानमा छ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया