

लगातार २ दिन बढेकाे शेयर बजार आज झन्डै १२ अङ्कले घट्याे



काठमाण्डाै
लगातार दुई दिन बढेकाे शेयर बजार आज (बुधवार) भने घटेकाे छ । अस्ति (साेमवार) ५६ र हिजाे (मङ्गलवार) ५९ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ७२ दशमलव १५ विन्दुमा झरेकाे छ ।
आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहकाे शेयर घटेकाेमा हाेटल तथा पर्यटन, माइक्राेफाइनान्स र विकास बैंक समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।
शेयर बजारसँगै आज काराेबार रकम पनि घटेकाे छ । दुई सय ५७ वटा कम्पनीका ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब १५ कराेड रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंककाे आठ कराेड ८५ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।
आज माहुली लघुवित्त वित्तीय संस्थाकाे शेयर सबैभन्दा धेरै पाँच दशमलव २० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्सुरेन्स, धाैलागरिरि लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाकाे शेयर १० प्रतिशतले बढेकाे छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया