

लगातार २ दिन बढेकाे शेयर बजार आज झन्डै १२ अङ्कले घट्याे



काठमाण्डाै
लगातार दुई दिन बढेकाे शेयर बजार आज (बुधवार) भने घटेकाे छ । अस्ति (साेमवार) ५६ र हिजाे (मङ्गलवार) ५९ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ७२ दशमलव १५ विन्दुमा झरेकाे छ ।
आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहकाे शेयर घटेकाेमा हाेटल तथा पर्यटन, माइक्राेफाइनान्स र विकास बैंक समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।
शेयर बजारसँगै आज काराेबार रकम पनि घटेकाे छ । दुई सय ५७ वटा कम्पनीका ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब १५ कराेड रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंककाे आठ कराेड ८५ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।
आज माहुली लघुवित्त वित्तीय संस्थाकाे शेयर सबैभन्दा धेरै पाँच दशमलव २० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्सुरेन्स, धाैलागरिरि लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाकाे शेयर १० प्रतिशतले बढेकाे छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया