लुम्बिनी बचत तथा ऋण सहकारीको १७ औँ बार्षिक साधारणसभा सम्पन्न

कपिलवस्तु

आर्थिक गतिबिधि सुचारु गर्ने सहकारी संस्थाहरुले देश गम्भीर राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको समयमा समेत निम्न र मध्य वर्गका व्यक्तिको आर्थिक मेरुदण्डको एउटा पाटो बन्दै गएको पाईएको छ ।
यसले राज्यलाई अर्बो राजस्व बुझाएको मात्र छैन लाखौलाई रोजगारी दिनुका साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको तथ्य पनि राज्यको सामु छर्लङ्ग छ ।
यस्तै महत्वपूर्ण योगदान दिने सहकारी संस्थाहरु मध्ये लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाको १७ औँ बार्षिक साधारणसभा सम्पन्न सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हिमलाल बेल्वासेको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथिका रुपमा बुद्धभूमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठको उपश्थिति रहेको थियो ।
उक्त सभामा संस्थाका कोषाध्यक्ष उत्तम मणि पौडेलले आ.ब. २०७८\०७९ को आर्थिक कारोबार र अनुमानित आयव्याय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अथिति बुद्धभूमि नगरपालिकाका उधोग तथा सहकारी शाखा प्रमुख विजय भुसालले पालिका भित्र रहेका सम्पुर्ण सहकारी संस्थाको प्रतिनिधित्व हुनेगरी नगर स्तरीय सहकारी संजाल गठन गरि सहकारीको अझ विकास र प्रगतिकालागि पालिकाले काम गर्ने बताउनुभयो।
कार्यक्रमका प्रमुख अथिति बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले राम्रो काम गर्दै जाने सहकारीलाई नगरले प्रोत्साहन स्वरूप सम्मान गर्ने र नगरपालिकाको नियम कानुन अनुसार संचालन नभएका संस्थालाई कारवाहीको दायरामाल्याउने बताउनुभयो। श्रेष्ठले सहकारी संस्थालाई तालिम दिने कुरामा पालिकाले सहजीकरण गर्ने बताउनुभयो।
साधारण सभामा संस्थाका जेष्ठ नागरिक नारायण प्रसाद भुसाललाई सम्मान समेत गरिएको थियो।
सहकारीका अध्यक्ष हिमलाल बेल्वासेको अध्यक्षता, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आथित्यता, बुद्धभूमि नगरपालिकाका उधोग तथा सहकारी शाखा प्रमुख विजय भुसाल, समाजसेवी दिनेश बन्जाडे, भेषराज शर्मा, डम्बर देव पाण्डे लगायतको उपस्थिति रहेको कार्यक्रममा निल कुमार श्रेठको स्वागत मन्तव्य रहेको कार्यक्रम संस्थाका सचिव बालानन्द गैरेले संचालन गर्नु भएको थियो

प्रतिक्रिया

खबर सबै