सगरमाथा कृषि सहकारी संस्था वगदीको सार्वजनिकिकरण कार्यक्रम सम्मन्न

भगवती न्यौपाने, कपिलवस्तु । श्री सगरमाथा कृषि सहकारी संस्था लिमिटेड शुद्धोधन गाउँपालिका १ वगदी,कपिलवस्तुले सार्वजनिकिकरण कार्यक्रम गरेको छ । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले सहकारीहरुले युवाहरुमा रोजगारी सृजना गरेको बताउनु भयो ।

कतिपय संस्थामा अनुदान लिएर बजेटको दु्रप्रयोग भइरहेको बेला सगरमाथा कृषि सहकारी संस्था लिमिटेड राम्रो काम गरेको भन्दै प्रशंसा गर्नु भयो । उहाँले आगामी दिनमा सहकारी शुद्धोधनमा मात्र नभएर नेपाल भरि ठुलो र राम्रो सहकारी बन्न शुभकामना दिनु भयो । शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडा सदस्य नथइ प्रसाद यादवले इमान्दारीताका साथ काम गर्दा संस्थाको प्रगति हुने बताउदै सहकारीलाई अगाडी बढाउन सधै सघाउने बताउनु भयो ।

पूर्णकेशर मा।विका प्र। अ।लिला खनाल, शिक्षक तथा संस्थाका सेयर सदस्य बेचन कुर्मी लगायतले बोल्दै सहकारीले कृषि र किसानलाई जोड दिएको बताउदै हरेक किसानलाई पारदशिक्ता गरेको बताउनु भयो । श्री सगरमाथा कृषि सहकारी संस्था लिमिटेड आयोजक संस्था र नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई बुटवल सहयोगी निकाय रहेको छ ।

उप आयोजना संकेत नं आहवान वर्ष २०७८र८९, उप आयोजनाको नाम स्वच्छ दूध उत्पादनका लागि उन्नत गाई र भैंसी पालन व्यवसाय, अनुदानग्राही संस्थाको नाम श्री सगरमाथा कृषि सहकारी संस्था लि।, उप आयोजनाको उदेश्य दूध उत्पादन तथा उत्पानकत्व बृदि गर्ने,सहकारीका सदस्यहरुको आयस्तरमा बृदि गर्ने, रहेको छ । यस्तै अपेक्षित उपलब्धीहरु स्वच्छ दुधको आपुर्तिमा सहजता आई दूध बिक्रीमा बृद्धि हुने, उप आयोजनाको मुख्य क्रियाकलापहरु सुधारीएको गोठ,उन्नत जातका घाँस, डाले घाँस लगाउने, उन्नत जातका गाई भैंसी पालन गरि दूध उत्पादन बृदि गर्ने रहेका छन् ।

जसमा संस्थाको १ करोड र आयोजनाको अनुदान १ करोड गरि कुल लागत २ करोड रहेको छ । भने लाभान्वित हुने परिवार संख्या महिला ५४ पुरुष ९७ रहेको सहकारीले जनाएको छ । संस्थाका कोषाध्यक्ष तथा उप आयोजनाका व्यवस्थापक सुन्दर खनालले कार्यक्रमको उदेश्यबारे बताउदै संस्थाको प्रगति गर्दै किसानहरुलाई उच्च स्थानमा पुयाउने बताउनु भयो । संस्थाका अध्यक्ष नेत्रलाल खनालको अध्यक्षता, व्यवस्थापक सुन्दर खनालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सेयर सदस्य देवि सुवेदीले गर्नु भएको थियो ।

सार्वजनिकिकरण कार्यक्रममा एन।यल।एस।आइ पि जिल्ला सहजकर्ता गणेश ओली ,विभिन्न विद्यालयका प्रअ,संस्थाका सेयर सदस्य,बुद्धिजिवि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । सहकारीमा अहिले ६० वटा भौसि र ८ जाना कर्मचारी रहेका छन् ।

प्रतिक्रिया

खबर सबै