

बाणगंगाका विद्यालयमा खेल सप्ताह

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेका विद्यालयहरुमा खेलकूद सप्ताह अन्तरगत विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न भएका छन् ।
बुधबार, बिहबार र शुक्रबार गरि तीन दिनका लागि नगरपालिकाले वार्षिक शैक्षिक क्यालेण्डरमा खेल सप्ताह समावेश गरे अनुसार सप्ताहका कार्यक्रम गरिएको विद्यालयहरुले जनाएका छन् ।
जस अन्तरगत विद्यालयमा अध्ययनरत विद्यार्थीरुलाई पाठ्यक्रममा समाविष्ट विभिन्न खेलकुदको प्रतियोगितात्मक अभ्यास तथा प्रतिश्प्रधा गराइएको छ । कतिपय विद्यालयहरुले बिहिबार र शुक्रबार मात्रै सप्ताहका कार्यक्रम गरेका कारण केही खेलहरु अझै बाँकी रहेकाले यो क्रम अझै सोमबार सम्म जान सक्ने बताएका छन् ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित जनसेवा आधारभूत विद्यालयमा आयोजना गरिएको खेल सप्ताह अन्तरगत विभिन्न खेलका कार्यक्रम सम्पन्न भएका छन भने अझै केही खेल बाँकी रहेको विद्यालयले जनाएको छ ।
विशेषगरी स्वास्थ्य शारीरिक शिक्षा विषयमा समावेश गरिएका खेलहरुलाई प्रथामिकता दिएर विद्यालयले ५० मिटर देखि ७५ मिटर सम्मको छोटो दौड, ४ सय मिटर रिले दौड, भलिवल, फुटबल, हिसाब दौड, लङ जम्प जस्ता प्रतियोगिता विद्यार्थीहरुमा वैयक्तिक र सदनात्मक रुपमा गराएको जनाएको छ ।
यस्तै यहाँका अन्य विद्यालयहरुले पनि खेल सप्ताह अन्तरगत विभिन्न प्रतियोगिताहरु सम्पन्न गरको बताएका छन् ।
खेलकुदले विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने भएकाले विद्यालयको पाठ्यक्रममा समेत स्वास्थ्य तथा शारीरिक शिक्षा विषय अन्तरगत खेलकुदका पाठ्यवस्तु समावेश छ । हरेक वर्ष विद्यालयहरुले यसैबेला विद्यालयमा खेल सप्ताहको आयोजना गर्ने गर्दछन् । यसपटक नगरपालिकाले नै तनि दिनका लागि खेल सप्ताह भनी विद्यालयहरुमा एकरुपता ल्याएको थियो ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया