

पाल्पा प्रशासन : पाँच महिनामा राहदानीबाट साढे दुई करोड राजश्व संकलन




पाल्पा । पाल्पाको जिल्ला प्रशासन कार्यालय चालु आर्थिक वर्षको ५ महिनामा राहदानी वितरणबाट साढे दुई करोड बढी राजस्व सङ्कलन गरेको हो । जिल्लाबाट राहदानी बनाउनेको सङ्ख्या पनि बढेको छ ।
साउनदेखि मङ्सिर मसान्तसम्म चार हजार ५ सय ७९ राहदानी वितरण गर्दा दुई करोड ५४ लाख ५ हजार ५०० राजस्व सङ्कलन भएको राहदानी फाँटले जनाएको छ । सो अवधिमा एक हजार दुई सय १७ महिला र तीन हजार चार सय ६२ पुरुषले राहदानी लिएका छन् ।
राहदानीको सिफारिसबाट उक्त राजस्व सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत यज्ञेश्वर पन्थीले जानकारी दिए । उनका अनुसार पाँच महिनाको अवधिमा चार हजार सात सय ५५ जनाको राहदानीका लागि सिफारिस भएको छ । यस्तै द्रुत सेवाका लागि दुई सय ७५ जना, नाबालक ४१ जना तथा हराएर पुनः बनाउन आवेदन दिने तीन सय ५२ जना रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
नेपाल सरकारले पछिल्लो समय विद्युतीय राहदानी वितरणका लागि अनलाइन प्रणालीबाट राहदानी वितरण गर्ने गरेको छ । पाल्पामा पनि अनलाइन माध्यमबाट हुँदै आएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन कार्यालयमै फारम भरेर सेवा उपलब्ध गराइएको छ ।
बाहिरबाट अनलाइन फारम भरेर राहदानी लिन सेवाग्राहीलाई सास्ती र चर्को शुल्क तिर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमै टोकन लिएर राहदानी वितरणको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाकी सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताइन् ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया