मोतिपुर स्वास्थ्य चौकीमा अध्ययन अवलोकन टोलीसँग अन्तरक्रिया

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित वडा नम्बर ८ चप्परगाउँमा रहेको कपिलवस्तुको सबैभन्दा उत्कृष्ट स्वास्थ्य चौकीको दर्जा पाएको मोतिपुर स्वास्थ्य चौकीमा जिल्लाका स्वास्थ्यकर्मीको टोलीले अध्ययन अवलोकन तथा अनतरकृया गरेका छन् ।

मोतिपुर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (एमएसएस) सम्बन्धि अन्तरपालिका अध्ययन तथा सिकाइ आदानप्रदान सम्बन्धी भ्रमण गरिएको हो ।

मोतिपुर स्वास्थ्य चौकी कपिलवस्तु जिल्लामा गत आर्थिक वर्षमा न्यूनतम सेवा मापदण्डमा ९१ प्रतिशत अंकसहित उत्कृष्ट बन्दै प्रथम स्थान हासिल गरेको थियो । स्वास्थ्य चौकीले गरेका प्रगतिको प्रत्यक्ष जानकारी लिन स्वासथ्य चौकीमा सिकाइ आदान प्रदान तथा अध्ययन अवलोकन भ्रमणका लागि शुद्धोधन गाउँपालिका अन्तरगत पत्तरिया स्वाथ्यचौकीका कर्मचारी, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य कार्यालयका प्रमूखहरु, बाणगंगाका नगरपालिका स्वासथ्य शाखाका नसिंङ इन्चार्ज दुर्गा पोख्रेल, स्वास्थ्यका लागि सक्षम प्रणालिका कर्मचारी र मोतिपुर स्वास्थ्य चौकीका कर्मचारी बिच न्यूनतम सेवा मापदण्ड सम्बन्धी दोहोरो संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थय चौकी संचलन तथा व्यवस्थापन समितिका उपाध्यक्ष जुना चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोतिपुर स्वासथ्य चौकी प्रमूख हिमलाल घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो । यस्तै स्वासथ्यका लागि सक्षम प्रणालिका स्वस्तिका बुढाथोकीले कार्यक्रमको सहिजकरण गर्नुभएको थियो भने भ्रमणमा रहेका सहभागिहरुले केही सुझाव सहित स्वासथ्य चौकीको राम्रा कदमको प्रश्ांशा गर्नुभएको थियो ।

यसैबीच सोही कार्यक्रमको अवसरमा मोतिपुर स्वास्थ्य चौकीमा हालै सरुवा भई आउनुभएकी कर्मचारी शिवा भटराइलाई स्वागत समेत गरिएको छ ।

प्रतिक्रिया

खबर सबै