

विश्वकप फुटबलकाे फाइनल भिडन्त आज



काठमाण्डाै – फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ ।
अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेको हो । यी दुई देश पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका छन् । फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो ।
त्यस्तै, विश्व कपमा ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्व कपको उपाधि जित्ने सुरमा छ । सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । अर्जेन्टिनाका कप्तान ३५ वर्षका लिओनल मेस्सीका लागि यो अन्तिम विश्व कप हो । उनकै नेतृत्वमा अर्जेन्टिनाले गएको वर्ष कोपा अमेरिकाको उपाधि समेत जितेको थियो ।
अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा तथा फ्रान्सले सन् २०१८ र १९९८ मा विश्व कपको उपाधि जितेको थियो । यसपालि जितेमा फ्रान्सले लगातार दोस्रो पटक जितेर उपाधि नै रक्षा गर्नेछ । साथै लगातार उपाधि जित्ने दोस्रो देश पनि बन्नेछ ।
विश्व कप इतिहासमा ब्राजिलले सन् १९५८ र सन् १९६२ मा उपाधि जितेको रेकर्ड छ । ब्राजिल पाँच पटकको विश्व कप उपाधि विजेता टोली हो । तर यसपालि ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो । यो विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो ।
अर्जेन्टिना र फ्रान्सको हेड टु हेड
फ्रान्स र अर्जेन्टिनाबीच यसअघि समग्रमा १२ खेल भएका छन् । यी खेलमा अर्जेन्टिना अगाडि छ । उसले ६ खेल जितेको छ भने फ्रान्सले ३ खेल मात्र जितेको छ । ३ खेल बराबरी भएका छन् ।
विश्व कप अन्तर्गत दुई देशबीच तीन वटा खेल हुँदा अर्जेन्टिनाले २ र फ्रान्सले १ खेल जितेका छन् । पछिल्लो पटक सन् २०१८ मा रुसमा भएको विश्व कपमा प्रतियोगिताको अन्तिम–१६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले हराएको थियो । सन् १९३० को विश्व कपमा अर्जेन्टिनाले फ्रान्सलाई १–० र सन् १९७८ को विश्व कपको समूह चरणमा ३–१ गोलले हराएको थियो ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया