

रामेछापमा बिहे भोज खाएका एकै गाउँका ३४ जना बिरामी


रामेछाप
रामेछाप नगरपालिका ५ रामपुरको साइटारमा बिहे भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन् ।
बिहे भोज खाए लगत्तै उनीहरूमा लगातार बान्ता हुने, झाडापखाला लाग्ने र पेट दुख्ने समस्या देखिएको हो । बिरामी परेकालाई स्थानीय रामपुर स्वास्थ्य चौकी लगिएकाेमा त्यहाँ उपचार हुन नसकेपछि १४ जनालाई जिल्ला अस्पताल रामेछाप र २० जनाको सहरी स्वास्थ्य केन्द्र रामपुरमा उपचार भइरहेको छ ।
जिल्ला अस्पताल रामेछापमा भर्ना भएका बिरामीको दिसा परीक्षण गर्दा ‘इहिस्टोलाइटी’ नामको किटाणु फेला परेको उपचारमा संलग्न डाक्टर उदय घिसिङले जानकारी दिनुभयाे । उपचारपछि बिरामीको क्रमिकरूपमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।
गएकाे साेमवार रामपुरको साइटारका प्रदीप मगरको बिहेमा भोज खानेहरूमध्ये धेरैजसाेमा याे समस्या देखिएको हो । बङ्गुरको बासी मासु खाएका कारण मानिसहरू बिरामी भएका हुनसक्ने अनुमान स्वास्थ्यकर्मीले गरेका रामेछाप नगरपालिकाकाे स्वास्थ्य शाखाका प्रमुख विष्णु कार्कीले जानकारी दिनुभयाे ।
जिल्ला अस्पताल रामेछापमा भर्ना भएकाबाहेक गाउँमा धेरै बिरामी भएकाले उनीहरूको उपचार गाउँमै गर्नका लागि जिल्ला अस्पताल रामेछापका डा. मनोज यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली रामपुरमा नै पुगेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया