

जसपा छोडेकी रायमाझी लुम्बिनी प्रदेश सभामा जनमत पार्टीबाट सांसद बनिन्



बुटवल । लुम्बिनी प्रदेशकी मन्त्री सुमन शर्मा रायमाझी यसपालि पनि सांसद भएकी छन्।
जसपाबाट मन्त्री बनेकी उनी सिके राउत नेतृत्वको जनमत पार्टीबाट लुम्बिनी प्रदेश सदस्यका लागि यसपटक समानुपातिक सूचीमा परेकी हुन । जनमत पार्टीले लुम्बिनीमा प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकतर्फ २ सिट जितेको छ। उक्त दुई सिटमा रायमाझी र गीता गुरूङलाई पठाउने निर्णय जनमत पार्टीको छ।
समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा सिफारिस भएकी रायमाझी यसअघि जसपाबाट प्रदेश सांसद थिइन्। उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भएकी थिइन्।
साथै उनी माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसी नेतृत्वको मन्त्रिपरिषदमा कृषी मन्त्री भएकी थिइन्।उनी पार्टी निर्णयविपरीत पोखरेल नेतृत्वको सरकारमा गएकी थिइन्। तर पछि जसपाले कारबाही गर्ने भएपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन्।
माओवादीका केसीको नेतृत्वमा नयाँ सरकार बनेपछि रायमाझीलाई कृषि मन्त्री बनाइएको थियो। उनलाई जसपाले कारबाही गर्दै पार्टीबाट हटाएको थियो। पार्टी निर्णयविरूद्ध उनी सर्वोच्च अदालतमा गएकी थिइन्। उनको मुद्दा सर्वोच्चले तामेलीमा राखेको थियो। उनी अहिले जनमत पार्टीबाट सांसद भएकी छन्।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया