

विश्वकप फुटबल : क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो





काठमाडौँ । जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको समीकरण पुरा भएको छ । राउण्ड १६ का खेलहरु सकिएसंगै अब क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको छ ।
विश्वकपको राउण्ड १६ बाट २०१० को विश्वकप विजेता स्पेन बाहिरिएको छ भने एशियाबाट प्रतिनिधित्व गर्ने तिनै टिम अस्ट्रेलिया, जापान र दक्षिण कोरिया बाहिरिएका छन् ।
राउण्ड १६ मा रहेका १६ मध्ये ८ टिम अगाडी बढेका छन् भने ८ टिम विश्वकपबाट बाहिरिएका छन् ।
अब विश्वकपको क्वाटरफाइनलमा नेदरल्याण्डस, अर्जेन्टिना, क्रोसिया, ब्राजिल, इङल्याण्ड, फ्रान्स, मोरक्को र पोर्चुगल पुगेका छन् ।
त्यस्तै राउण्ड १६ मा पराजित हुदै अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, सेनेगल, स्पेन र स्वीजरल्याण्ड विश्वकपबाट बाहिरिएका छन् ।
राउण्ड १६ मा नेदरल्याण्डसले अमेरिकालाई ३-१ गोल अन्तरले पराजित गर्यो भने अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै डिफेन्डिङ च्याम्पियन फ्रान्सले पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्यो भने ईङल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।
त्यसैगरी क्रोसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले हरायो भने ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै मोरक्कोले स्पेनलाई स्तब्ध बनाउदै पेनाल्टी सुटआउटमा ३-० ले पराजित गरेको थियो भने स्वीजरल्याण्डलाई पोर्चुगलले फराकिलो ६-१ गोल अन्तरले पराजित गरेको थियो ।
अब क्वाटरफाइनलमा नेदरल्याण्डस र अर्जेन्टिना, ब्राजिल र क्रोसिया, इङल्याण्ड र फ्रान्स, पोर्चुगल र मोरक्कोबीच प्रतिष्पर्धा हुने भएको छ । क्वाटरफाइनलका खेलहरु शुक्रबार र शनिबार हुने तालिका रहेको छ ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया