

पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या १ सय ५० नाघ्यो



पाल्पा । पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या एक सय ५० नाघेको छ । गएको शनिवार बिहे भोज खाएपछि बिरामी परेका चिर्तुङधारा घोरबन्दा गाउँका डेढ सय जनाभन्दा धेरै जनाको उपचारका लागि बगनासकाली गाउँपालिकाले घर–घरमा स्वास्थ्यकर्मी खटाएर उपचार सुरु गरेको छ ।
बगनासकाली १ चिर्तुङधारामा भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी परेकाहरूमध्ये केहीको स्थानीय निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भएको थियो । बिरामी पर्नेमा धेरैजसो गाउँमै भएकाले मिसन अस्पतालका डाक्टर सञ्जीव रावल, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका साथै विभिन्न वडाका स्वास्थ्य शाखा प्रमुखलाई बिरामीको उपचारका लागि खटाइएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो ।
बिरामीलाई स्वास्थ्य जाँच गरी प्राथमिक उपचार, सलाइन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराज अधिकारीले बताउनुभयो । गाउँमा वितरण गरिएको औषधिले काम नगरेको भन्दै कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि गइरहेका छन् । बिरामी भएकाहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको छ ।
पानीमा समस्या भएको हुन सक्ने स्थानीयवासीको अनुमानपछि स्वास्थ्य कार्यालय पाल्पाले पानीको जाँचका लागिसमेत टोली खटाएको छ । बिहेमा सहभागी तीन सय ५० जनाभन्दा धेरै निम्तालुमध्ये धेरैजसो बिरामी भएका बगनासकाली १ का अध्यक्ष शेरबहादुर थापाले बताउनुभयो ।
शनिवार बगनासकाली १ चिर्तुङधाराका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएकाहरू बिरामी परेका हुन् । भोजमा राँगाको मासु, पुलाउ, आलु र गोभीको तरकारी, मेवाको अचार, बटुक, आलु मुलाको अचार थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया