

पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या १ सय ५० नाघ्यो


पाल्पा । पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या एक सय ५० नाघेको छ । गएको शनिवार बिहे भोज खाएपछि बिरामी परेका चिर्तुङधारा घोरबन्दा गाउँका डेढ सय जनाभन्दा धेरै जनाको उपचारका लागि बगनासकाली गाउँपालिकाले घर–घरमा स्वास्थ्यकर्मी खटाएर उपचार सुरु गरेको छ ।
बगनासकाली १ चिर्तुङधारामा भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी परेकाहरूमध्ये केहीको स्थानीय निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भएको थियो । बिरामी पर्नेमा धेरैजसो गाउँमै भएकाले मिसन अस्पतालका डाक्टर सञ्जीव रावल, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका साथै विभिन्न वडाका स्वास्थ्य शाखा प्रमुखलाई बिरामीको उपचारका लागि खटाइएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो ।
बिरामीलाई स्वास्थ्य जाँच गरी प्राथमिक उपचार, सलाइन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराज अधिकारीले बताउनुभयो । गाउँमा वितरण गरिएको औषधिले काम नगरेको भन्दै कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि गइरहेका छन् । बिरामी भएकाहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको छ ।
पानीमा समस्या भएको हुन सक्ने स्थानीयवासीको अनुमानपछि स्वास्थ्य कार्यालय पाल्पाले पानीको जाँचका लागिसमेत टोली खटाएको छ । बिहेमा सहभागी तीन सय ५० जनाभन्दा धेरै निम्तालुमध्ये धेरैजसो बिरामी भएका बगनासकाली १ का अध्यक्ष शेरबहादुर थापाले बताउनुभयो ।
शनिवार बगनासकाली १ चिर्तुङधाराका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएकाहरू बिरामी परेका हुन् । भोजमा राँगाको मासु, पुलाउ, आलु र गोभीको तरकारी, मेवाको अचार, बटुक, आलु मुलाको अचार थियो ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया