

विश्व कप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई खेल हुँदै

काठमाण्डाै – फिफा विश्व कप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् ।
आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो ।
आज हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दैछन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो ।
आज बिहान भएको खेलमा ब्राजिल र गएरातिको खेलमा क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोल र क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो ।
योसँगै क्वाटरफाइनलमा अब ब्राजिल र दक्षिण कोरिया, अर्जेन्टिना र नेदरल्यान्ड्स तथा इङ्ल्यान्ड र फ्रान्स खेल्ने तय भइसकेको छ । त्यस्तै क्वाटरफाइनलमा आज हुने अन्तिम–१६ का विजेता दुई टोली थपिनेछन् ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया