अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक–एक गोल गरे । अस्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।

यस अघि गएराति भएको खेलमा अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स पनि अन्तिम आठमा पुगेको छ ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको राउण्ड अफ १६ अन्तर्गतको पहिलो खेलमा नेदरल्यान्ड्सले जित निकालेको हो । नेदरल्यान्ड्सका लागि मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक–एक गोल गरे। अमेरिकाका हाजी राइटले एक गोल फर्काए ।

अब क्वाटरफाइनलमा नेदरल्यान्ड्स र अर्जेन्टिना खेल्नेछन् ।