

नेपाल र नामिबियाबीचकाे खेल नतिजाविहीन



काठमाण्डाै – विश्व कप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल र नामिबियाबीचकाे खेल नतिजाविहीन भएकाे छ । वर्षाका कारण खेल नतिजाविहीन भएकाे छ ।
नेपालले दिएकाे एक सय ९८ रनकाे लक्ष्य पछ्याएकाे नामिबियाले ४ बलमा चार रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि फेरि खेल सुरु नसकेपछि नतिजाविहीन भएकाे हाे ।
याेसँगै दुवैले एकएक अङ्क बाँडेका छन् । नेपाल २१ खेलमा १८ अङ्क जाेड्दै छैटाैँ स्थानमा छ भने २८ खेल खेलेकाे नामिबिया ३३ अङ्कसहित चौथो स्थानमा छ ।
यसअघि वान्डेरेर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ९७ रन बनायाे । नेपालका लागि ज्ञानेन्द्र मल्लले ७५ रन बनाए । यस्तै आरिफ शेखले २३, आसिफ शेखले २० रन बनाए । बलिङतर्फ नामिबियाका तानगेनी लुङ्गामेनीले तीन र कार्ल बिरकेनस्टकले दुई विकेट लिए ।
यो शृङ्खलामा घरेलु टोली नामिबियासहित नेपाल र स्कटल्यान्ड सहभागी छन् ।
नेपालले पर्सि आइतवार स्कटल्यान्डसँग, २१ गते बुधवार फेरि नामिबियासँग र २२ गते बिहीवार स्कटल्यान्डसँग खेल्नेछ । सात वटा देश सहभागी लिग २ को शीर्ष तीन देश विश्व कप छनोटमा पुग्नेछन् भने शीर्ष पाँच देशले एकदिवसीय मान्यता कायम गर्नेछन् ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया