

राष्ट्रिय पार्टी हुन सदर मतको ३ प्रतिशत कटाउनुपर्ने, नेकपा (एस) लाई सकस



काठमाडौं- प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ। शुक्रबार बिहानसम्मको मत परिणाम अनुसार एमालेले २७ लाख ७२ हजार ९ सय ८५ मत प्राप्त गरेको छ।
यस्तैगरी नेपाली कांग्रेसले २६ लाख ४३ हजार २ सय ९६ मत ल्याउँदै एमालेको पछिपछि छ भने ११ लाख ६१ हजार १ सय ७३ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४ सय १६ मत ल्याएर चौथो स्थान कायम राख्दा नेकपा एकीकृत समाजवादी भने अहिले पनि राष्ट्रिय पार्टी बन्न संघर्षरत छ। समाजवादीले २ लाख ९४ हजार १८ मत ल्याएको छ।
राष्ट्रिय पार्टी हुनका लागि सदर मतको ३ प्रतिशत कटाउनुपर्ने हुन्छ।
अहिलेसम्मको मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ८ सय ८७, जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार ९ सय २८, जनमत पार्टीले ३ लाख ९४ हजार ३ सय ४० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया