

राष्ट्रिय पार्टी हुन सदर मतको ३ प्रतिशत कटाउनुपर्ने, नेकपा (एस) लाई सकस



काठमाडौं- प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ। शुक्रबार बिहानसम्मको मत परिणाम अनुसार एमालेले २७ लाख ७२ हजार ९ सय ८५ मत प्राप्त गरेको छ।
यस्तैगरी नेपाली कांग्रेसले २६ लाख ४३ हजार २ सय ९६ मत ल्याउँदै एमालेको पछिपछि छ भने ११ लाख ६१ हजार १ सय ७३ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४ सय १६ मत ल्याएर चौथो स्थान कायम राख्दा नेकपा एकीकृत समाजवादी भने अहिले पनि राष्ट्रिय पार्टी बन्न संघर्षरत छ। समाजवादीले २ लाख ९४ हजार १८ मत ल्याएको छ।
राष्ट्रिय पार्टी हुनका लागि सदर मतको ३ प्रतिशत कटाउनुपर्ने हुन्छ।
अहिलेसम्मको मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ८ सय ८७, जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार ९ सय २८, जनमत पार्टीले ३ लाख ९४ हजार ३ सय ४० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया