

दोलखाको पुनः मतदान सम्पन्न



दोलखा । मंसिर ४ गते धाँधलीका कारण स्थगित भएको दोलखाका १० वटा मतदान स्थलमा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
वैत्यश्वर गाउँपालिकाको वडा नम्बर २ जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्र अन्तर्गतका क र ख मतदान स्थल, वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्र अन्तर्गतका क, ख, ग मतदान स्थल तथा वडा नम्बर ६ को वैत्यश्वर मावि मतदान केन्द्र अन्तर्गत क, ख, ग, मतदान स्थलमा आज मतदान भएको हो ।
यस्तै तामाकोसी गाउँपालिका वडा नम्बर ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र अन्तर्गतका क र ख मतदान स्थलमा पनि मतदान सम्पन्न भएको छ । यी मतदान स्थलहरुमा मंसिर ४ गते मतदानमा धाँधली भएको ठहर गर्दै निर्वाचन आयोगले दोलखास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पुनः मतदान गराउन निर्देशन दिएको थियो ।
दोलखास्थित मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आजको मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभयो ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया