

मेलाको विरोधमा तुलसीपुर बजार बन्द

दाङ । तुलसीपुरमा आजदेखि सञ्चालन हुन लागेको महोत्सवको विरोधमा व्यवसायीले तुलसीपुर उपमहानगरपालिकामा ताला लगाएका छन्। व्यवसायीहरूले ताला लगायपछि तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल कार्यकक्षमै थुनिएका छन्।
व्यापारीहरूले ताला लगाउनका लागि प्रमुख प्रशासकीय अधिकृत पौडेललाई बाहिर निस्कन आग्रह गर्दा उनले अटेर गरेपछि व्यवसायीले उनलाई कार्यकक्षमै थुनेको तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस संयोजक शरद रेग्मीले जानकारी दिए। उपमहानगरपालिकामा ताला लगाएपछि अहिले मेयर टीकाराम खड्का र अन्य कर्मचारी बाहिर बसेका छन्।
आजदेखि सञ्चालन हुने मेला नरोकिदासम्म ताला नखोल्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए। महोत्सवको विरोधमा दाङ जिल्लाभरका उद्योग वाणिज्य संघका पदाधिकारी तुलसीपुर आएका छन्।
यसअघि जिल्ला प्रशासन कार्यालयको आदेश कार्यान्वयन नगरेको भन्दै व्यवसायीहरूले इलाका प्रहरी कार्यालय तुलसीपुरमा आधा घण्टा धर्ना दिएका थिए।
यस्तै महोत्सवको विरोधमा तुलसीपुर बजार बन्द गरिएको छ। बिहानैदेखि तुलसीपुर उद्योग वाणिज्य संघले मेलाको विरोधमा बजार बन्द गराएको छ। बुधबार पनि उद्योग वाणिज्य संघले बजार बन्द गराएको थियो।
महोत्सवको विरोधमा तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्सको संयुक्त आह्वानमा बजार बन्द गरिएको हो। यता मेला आयोजक युथ्स अफ तुलसीपुरले भने कुनै पनि हालतमा महोत्सव नरोकिने जनाएको छ।
आज बिहान साढे ११ बजेदेखि तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिर परिसरबाट झाँकी जुलुससहित महोत्सव स्थलमा गएर मेला उद्घाटन गर्ने जनाएको छ। झाँकी जुलुसमा सहभागी हुन सबैलाई आयोजकले आग्रह गरेको छ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया