नेपाल एअरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्दै

काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।

निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले उडान अनुमति दिएको जनाइएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने उडान तालिका स्वीकृत भएको जानकारी दिनुभयो । उहाँका अनुसार साताको दुई दिन आइतबार र मङ्गलबार काठमाण्डौ–दोहा–भैरहवा–काठमाण्डौ र साताको एक दिन क्वालालम्पुरदेखि भैरहवा उडान गरेर उक्त जहाज काठमाण्डौ आउनेछ ।

प्रतिक्रिया

खबर सबै