

विश्वकप फुटबल : क्यामरुन र सर्विया बराबरीमा रोकिए

काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलमा क्यामरुन र सर्वियाले अंक बाँडेका छन्। कतारको अल जानौब स्टेडियममा भएको खेलमा क्यामरुन र सर्वियाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
क्यामरुनका लागि जन चार्ल्स क्यास्टेलेटोले खेलको २९ औँ मिनेट गोल गर्दै अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा दुई गोल फर्काउँदै सर्वियाले क्यामरुनलाई २–१ गोलले पछि पारेको थियो। सर्वियालाई अग्रता दिलाउन स्ट्राहिन्जा पाब्लोभिक र सर्गेज मिलिन्कोभिचले गोल गरेका थिए।
यस्तै, खेलको ५३ औँ मिनेटमा अलेक्जेन्डर मित्रोभिचले सर्वियाका लागि तेस्रो गोल गरेका थिए। तर त्यसको केही मिनेटमा दुई गोल फर्काउँदै क्यामरुनले खेल बराबरीमा ल्याएको थियो। क्यामरुनका लागि खेलको ६३ औँ मिनेटमा भिन्सेन्ट आबुबकार र ६६ औँ मिनेटमा चौकोमोटिङ गोल गरेका थिए। पहिलो खेलमा सर्विया ब्राजिलसँग २–० ले पराजित भएको थियो भने क्यामरुन स्वीट्जरल्याण्डसँग १–० ले पराजित भएको थियो।


खबर सबै
-
ट्राफिक कारबाहीबाट एकै दिन २० लाख राजस्व संकलन
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…






प्रतिक्रिया