

कपिलवस्तु १ मा समानुपातिक तर्फ रबि लामिछानेको पार्टी तेस्रो बन्यो



कपिलवस्तु । मंसिर४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचानको समानुपातिक मतगणनामा कपिलवस्तु क्षेत्र नम्बर १ बाट नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो बढी मत ल्याउने दल बन्दा रवि लामिछानेको पार्टी रास्वपाले ८ हजार बढी मत पाएर तेस्रो बनेको छ ।
आइतबार विहान सार्वजनिक भएको अन्तिम मतपरिणाममा एमालेले क्षेत्र नं. १ मा २६ हजार २५७ मत पाएर सबैभन्दा बढी मत पाउने दल बनेको छ भने नेपाली कांग्रेस २० हजार ४९७ मत पाउँदै दोस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार २६० मत ल्याएर तेस्रो स्थानमा आउन सफल भएको हो । प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ प्रत्यक्षमा उम्मेद्धार नै रास्वपाले उठाएको थिएन । तर कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का मतदाताले रविको पार्टीलाई समानुपातिकमा माओवादी केन्द्रलाई भन्दा अत्याधिक बढी मत दिएको पाइएको छ ।
यस्तै यहाँ नेकपा (एकीकृत समाजवादी) ले ६ हजार ६३० मत ल्याएर चौथो हुँदा नेकपा (माओवादी केन्द्र) ले ३ हजार ९२३ मत पाउँदै सातौं स्थानमा रहेको छ । नागरिक उन्मुक्ती पार्टीले ५ हजार ९६४ मत पाएको छ । जनमत पार्टीले ४ हजार ५९८ मत पाएका छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ३५२, जनता समाजवादी पार्टी नेपालले २ हजार ६०, बहुजन शक्ति पार्टीले १ हजार ९७६ मत पाएको छ ।समानुपातिक तर्फ ३८ दलले भाग लिएका थिए । अरु दलको मत एक हजार भन्दा कम छ ।
१ लाख ४१ हजार १३ मतदाता रहेको यो संघीय निर्वाचन क्षेत्रमा ९१ हजार ३३७ मत खसेको थियो । ४ हजार ९२० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया