

कपिलवस्तु १ मा समानुपातिक तर्फ रबि लामिछानेको पार्टी तेस्रो बन्यो



कपिलवस्तु । मंसिर४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचानको समानुपातिक मतगणनामा कपिलवस्तु क्षेत्र नम्बर १ बाट नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो बढी मत ल्याउने दल बन्दा रवि लामिछानेको पार्टी रास्वपाले ८ हजार बढी मत पाएर तेस्रो बनेको छ ।
आइतबार विहान सार्वजनिक भएको अन्तिम मतपरिणाममा एमालेले क्षेत्र नं. १ मा २६ हजार २५७ मत पाएर सबैभन्दा बढी मत पाउने दल बनेको छ भने नेपाली कांग्रेस २० हजार ४९७ मत पाउँदै दोस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार २६० मत ल्याएर तेस्रो स्थानमा आउन सफल भएको हो । प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ प्रत्यक्षमा उम्मेद्धार नै रास्वपाले उठाएको थिएन । तर कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का मतदाताले रविको पार्टीलाई समानुपातिकमा माओवादी केन्द्रलाई भन्दा अत्याधिक बढी मत दिएको पाइएको छ ।
यस्तै यहाँ नेकपा (एकीकृत समाजवादी) ले ६ हजार ६३० मत ल्याएर चौथो हुँदा नेकपा (माओवादी केन्द्र) ले ३ हजार ९२३ मत पाउँदै सातौं स्थानमा रहेको छ । नागरिक उन्मुक्ती पार्टीले ५ हजार ९६४ मत पाएको छ । जनमत पार्टीले ४ हजार ५९८ मत पाएका छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ३५२, जनता समाजवादी पार्टी नेपालले २ हजार ६०, बहुजन शक्ति पार्टीले १ हजार ९७६ मत पाएको छ ।समानुपातिक तर्फ ३८ दलले भाग लिएका थिए । अरु दलको मत एक हजार भन्दा कम छ ।
१ लाख ४१ हजार १३ मतदाता रहेको यो संघीय निर्वाचन क्षेत्रमा ९१ हजार ३३७ मत खसेको थियो । ४ हजार ९२० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया