

समानुपातिकतर्फ १० राजनीतिक दलले कटाए एक लाख मत



काठमाडौं। प्रतिनिधि सभाको समानुपातिकतर्फ १० वटा राजनीतिक दलले एक लाख मत कटाएका छन्।
नेकपा एमाले २२ लाख मतकासाथ पहिलो स्थानमा छ। निर्वाचन आयोगको आइतबार बिहानसम्मको परिणामअनुसार एमालेले २२ लाख ७५ हजार ६५० मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस एमालेभन्दा एकलाख पाँच हजार मतले पछाडि छ। कांग्रेसले २१ लाख ७० हजार ६९८ मत पाएको छ।
तेस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ९ लाख ५२ हजार ५०० मत प्राप्त गरेको छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १५ हजार १६३ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८३ हजार ६६१ मत प्राप्त गरेको छ।
जनता समाजवादी पार्टी नेपालले २लाख ७४ हजार १८०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले २ लाख १४ हजार २८६, जनमत पार्टीले २ लाख ९ हजार ८१४ तथा नागरिक उन्मुक्ति पार्टीले १ लाख ९६ हजार ६६५ मत प्राप्त गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १५ हजार १८७ मत प्राप्त गरेको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया