
एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित

बुटवल
नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । पौडेलले सूर्य चिन्हमा २७१४८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १३६६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । स्वतन्त्र पार्टीका पौडेलले २५७८२ मत प्राप्त गरेका छन् ।
यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले २२०१० मत प्राप्त गरेका छन् । रुपन्देही-२ मा कूल ८० हजार ६५१ मत खसेको थियो । ३१९३ मत बदर भएको थियो । एमाले उपाध्यक्ष पौडेल लगातार चौथो पटक रुपन्देहीबाट निर्वाचित भएका हुन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया