
कपिलवस्तु १ मा जितको खुसीयालीमा एमालेको विजयी यात्रा

कपिलवस्तु । कपिलवस्तुका क्षेत्र न.१ प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमा यसपटक नेकपा एमालेका उम्मेद्धारले क्लिन स्विप गरेका छन् । क्षेत्र नम्बर १ मा बलराम अधिकारी झण्डै दोब्बर मत अर्थात ३४ हजार ६ सय ७५मत प्राप्त गरेका थिए भने गठबन्धनका साझा उम्मेद्धार रहेका माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल बल्देवले १८ हजार ९ सय ८३ लाई पछाडि पारी १५ हजार ६ सय ९२ फराकिलो मतान्तरले नेकपा एमालेका केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला ईन्चार्ज बलराम अधिकारी विजयी भएका छन् ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (क) मा नेकपा एमालेका उमेद्धार विष्णु पन्थी विजयी हुनुभएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको विहिवार बिहान सम्पन्न प्रदेश सभा (क )को मतगणनामा उम्मेदवार पन्थीले २० हजार २ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै पन्थीका प्रतिस्प्रधी गठबन्धनका उम्मेदवार डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत प्राप्त गरेका थिए ।घिमिरेलाई ४ हजार ४ सय ५० मतले पछाडि पार्दै पन्थी प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी भएका छन् । आफू निर्वाचित भएपछि पन्थीले सामाजिक सञ्जाल मार्फत सबैलाई धन्यवाद दिएका थिए भने उनले आफ्ना निकट्तम प्रतिद्धोन्दी तथा उप विजेता उम्मेद्धार डोलकराम घिमिरेको साथ पनि आफूलाई आवश्यक पर्ने बताएका थिए ।
यस्तै कपिलवस्तु क्षेत्र न. १ (ख) एमालेका उम्मेदवार मधुशुधन चौधरीले ११ हजार ७ सय ४८ मत प्रप्त गरेका छन भने गठबन्धनका उम्मेदवार शहसराम यादवले ९ हजार ६६ मत प्राप्त गरेका थिए छन । जसमा २ हजार ६ सय ८२ को मत अन्तरले एमालेका नेता मधुशुधन चौधरी विजयी भएका थिए ।
एमालेका उम्मेदवार विजय भए पश्चात जिल्ला कमिटी अध्यक्ष डम्बर शर्माले कपिलवस्तु जिल्लाका जनताले नेकपा एमाले पार्टीलाई विश्वास गरेर एमालेका उम्मेदवारलाई विजयी गरी बिकासको काम गर्न जिम्मेवारी दिएको बताएका थिए ।
त्यस्तै निर्वाचन क्षेत्र न.१ का निर्वाचान परिचालन कमिटीका संयोजक विश्राम थारुले आम मतदाता,निर्वाचन सम्पन्न गर्न खटिनु हुने कर्मचारी,सुरक्षाकर्मि,पत्रकारका एबम् शुभेच्छुक सबैमा धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम पश्चात एमालेले क्षेत्र न.१का ४न.जितपुर, पिपरा,पकडी,लवनी,हुँदै पचेहरा,जहदी,निग्लिहवा,कोपवा,बनगाईमा बाजगाजा सहित हजारौको संख्यामा निर्वाचन क्षेत्र परिक्रमा गरी विजय उत्सव सहित रयली गरेको छ ।
कपिलवस्तु क्षेत्र न. १ मा सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीले प्रतिनिधि सभा सदस्यका लागि गठबन्धन गरेका थिए । यी दलहरुको मतभार जोड्दा नेकपा एमालेको भन्दा बढी थियो । तर गठबन्धनको साझा उम्मेद्धार रहेका माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल बलदेवले सबै दलहरुको मतभारलाई जोड्दा आउने मत पनि ल्याउन सकेका छैनन् । गत बैशाखमा सम्म स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा यहाँ नेपाली कांग्रेसले पाएको मत झण्डै २८ हजर बढी थियो भने माओवादी केन्द्रको मात्रै ८ हजार बढि थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया