

यु.एस.ए माध्यमिक विद्यालयमा विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परिक्षण शिविर





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित युनाइटेड स्टुडेन्ट एकेडेमि माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत बालवालिकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको छ ।
वडा नम्बर ८ चप्परगाउँ स्थित युनाइटेड स्टुडेन्ट एकेडेमि माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिने र बेला बेलामा स्वास्थ्य परिक्षण गराउनुपर्छ भन्ने सचेतना जगाउने उद्देश्यका साथ परिक्षण शिविर संचालन गरिएको विद्यालय प्रशासनले जनाएको छ । मौसमी हावापानीमा आउने परिवर्तन सँगै बालवालिकामा देखा पर्ने विभिन्न खाले स्वास्थ्य सामस्याहरुको पहिचान गरी रोग संक्रमणको जोखिम न्यूनिकरणका लागि शिविर संचालन गरिएको हो ।
बाणगंगा ७ बनगाई स्थित पाथिभरा पोलिक्लिनिकको प्राविधिक सहयोगमा आयोजित शिविरमा खास गरी बालवालिकामा देखिने संवेगात्मक जोखिम, चिन्ता, डिप्रेसन, एक्लोपना, जिद्धिपना तथा बालवालिकाहरुको मनोवैज्ञानिक समस्या समाधानका लागि स्वास्थ्य शिविर आयोजना गरिएको विद्यालयले जनाएको छ ।
शिविरमा बालवालिकाहरुको ल्याब परिक्षण, बाल समूह, जनरल स्वास्थ्य चेकजाँचसहित आवश्यक औषधि समेत प्रदान गरिएको छ । बालवालिकाहरुको स्वास्थ्य परिक्षणसँगै डा. विजय भुषालले मनोपरामर्श सेवा समेत प्रदान गर्नुभएको थियो । शिविरको समन्वय फार्मासिस्ट सागर कुवँरले गर्नुभएके विद्यालयले जनाएको छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया