
कपिलवस्तु ३ को (१) मा झिनो मतान्तरले एमालेका अर्जुन केसी निर्वाचित

कपिलवस्तु ३ को प्रदेश सभा १ मा झिनो मतान्तरले नेकपा (एमाले) का उम्मेदवार अर्जुन केसी निर्वाचित भएका छन् ।
केसीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रालाई हराएका हुन् ।
एमाले उम्मेदवार केसीले ११ हजार ७३५ मत पाउँदा मिश्राले ११ हजार ७२८ मत पाए ।
०७४ मा पनि तत्कालिन बाम-गठबन्धनबाट केसीले चुनाव जित्दा मिश्रा पराजित भएका थिए ।
गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कृष्ण प्रसाद पौडेल ५ हजार १७३ मत पाएर तेस्रो भएका छन् ।
सत्ता-गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार एहसान अहमद खाँले ३ हजार ६२९ मत पाउँदा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार जीवलाल पौडेलले २ हजार ६०८ मत पाएका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया