

बाबुराम भट्टराईले संसदमा गरेको त्यो भविष्यवाणी : स्वतन्त्रबाट हामी बढारिनेवाला छौँ




पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई कुनै ज्योतिष हैनन् । तर उनले ठिक २ महिना अघि प्रतिनिधिसभा बैठकमा रोष्टमबाट गरेको भविष्यवाणी यतिबेला चरितार्थ भएको छ । उनले भनेअनुसार सहरी क्षेत्रमा नयाँ दल र युवा उम्मेदवारले पुराना नेता र दललाई हायलकायल पारेका छन् ।
संसदमा तेस्रो वा चौथो दल बन्ने हैसियत राख्दै ५ महिना अघि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ३ क्षेत्रमा जित हासिल गरेको छ भने थप एक स्थानमा जित हासिल गर्ने निश्चित छ । सो दलले सामानुपातिकतर्फ तेस्रो हैसियतमा मत पाउँदै गएको छ । यस्तै ललितपुर, चितवन र सुनसरीका क्षेत्रमा प्रत्यक्षतर्फ अग्रता हासिल गरेको छ ।
सीके राउतको जनमत पार्टीमात्र होइन, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी पनि संसदमा नयाँ दलको रुपमा प्रवेश गर्ने भएका छन् । निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदयलाई राजनीतिक क्षेत्रका व्यक्तिले आश्चर्य मानिरहेका बेला डा. भट्टराईले गत असोज १ गतेको संसद बैठकमा सहरी क्षेत्रमा अब पुराना नेता र दललाई कठिन हुने र पुराना नेताहरु बढारिने बताउँदै दलहरुलाई सच्चिन आग्रह गरेका थिए ।
के भनेका थिए डा.भट्टराईले अघिल्लो प्रतिनिधिसभाको अन्तिम बैठकमा ?
‘अहिले जुन खालको लहर आउँदैछ, युवा पुस्तामा यस्तो विद्रोहको लहर आउँदैछ, बालेन र हर्कहरु मैले एउटा सानो झिल्कोमात्र देखिरहेको छु । तर यसलाई तपाईहरुले सम्वोधन गर्न सक्नुभएन भने आउँदो निर्वाचनमा गाउँ ठाउँमा त त्यस्तो प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला तर सहरी क्षेत्रहरुमा तपाईहरु हेर्नुस्, त्यति सहजै हामी चुनाव जित्नेवाला छैनौँ । हामी को को बढारिन्छौँ, म भन्न सक्दिन । मलाई त आत्मविश्वास छैन । सकेसम्म मैले आफूलाई नविकरण गर्न खोजिरहेको छु, तर म आफैमा आत्मविश्वास छैन । जुन ढंगले हामी पछाडि परिरहेका छौँ, देशको समस्या समाधान गर्न हामी असफल भइरहेका छौँ । त्यसैले हामीले शिर ठाडो गरेर जनताको बीचमा मत माग्न जाने अवस्था मैले देखेको छैन । युवा पुस्ताको जुन असन्तुष्टि छ त्यसलाई तपाई नआक्नुस् ।’
रातोपाटी बाट साभार


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया