

विश्व कप फुटबल : आज चार वटा खेल हुँदै : पहिलो खेलमा अर्जेन्टिना र साउदी अरब खेल्दै



काठमाण्डाै
विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अर्जेन्टिना र साउदी अरबबीच खेल हुनेछ । समूह ‘सी’ को खेलमा अर्जेन्टिना र साउदी अरबको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।
अहिलेसम्म १८ पटक विश्व कप खेलिसकेको अर्जेन्टिनाले साउदी अरबसँग पहिलो पटक खेल्न लागेको हो। अर्जेन्टिनाले सन् १९७८ र ८६ मा गरी दुई पटक विश्व कप उपाधि जितेको छ । आजको खेल जिते अर्जेन्टिनाले ३७ खेलमा अपराजित रहेको इटलीसँग कीर्तिमान बराबरी समेत गर्नेछ। कप्तान लियाेनल मेस्सी पाँचौँ पटक विश्व कप खेल्दैछन्। तर उपाधि जिताउन सकेका छैनन्।
त्यस्तै, आज हुने अर्को खेलमा डेनमार्क र ट्युनिसियाबीच बेलुका पौने ७ बजे तथा मेक्सिको र पोल्यान्डबीच राति पौने १० बजे खेल हुनेछ । त्यस्तै फ्रान्स र अस्ट्रेलियाबीचको खेल राति पौने १ बजे हुनेछ।
विश्व कपमा नेदरल्यान्ड्स र इङ्ल्यान्डले विजयी सुरुवात गरेका छन्। अमेरिका र वेल्सले बराबरी खेलेका छन् । नेदरल्यान्ड्सले सेनेगललाई २–० गोल तथा इङ्ग्ल्यान्डले इरानलाई ६–२ गोल अन्तरले हरायो । कतारमा भैरहेको विश्व कप फुटबलमा ३२ देश सहभागी छन्।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने












प्रतिक्रिया