

कपिलवस्तुमा ६५ प्रतिशत मात्र मत खस्यो, तीन ठाउँमा मतगणना गरिने



कपिलवस्तु । कपिलवस्तुमा ६५ प्रतिशत मात्र मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । आइतबारबिहान ७ बजेदेखि शुरु भएको मतदान जिल्लाभर साँझ ५ बजे सकिएको निर्वाचन कार्यालयका प्रमुख राजिव पन्थीले बताए ।
मतपेटिका मतगणना स्थलमा ल्याएपछि आज सर्वपक्षिय बैठक बसी् मतगणना हुने क्षेत्र नं ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए । जिल्लाको क्षेत्र नं १ को बाणगंगा मावि जगेहेडा, क्षेत्र न २ को कपिलवस्तु नगरपालिका सभाहल तौलिहवा र क्षेत्र नं ३ को राष्ट्रिय मावि चन्द्रौटामा मतगणना हुने जनाइएको छ ।
जिल्लामा २ सय ३५ मतदान स्थलमा ४ सय ७३ मतदान केन्द्र कायम गरिएको थियो । सुरक्षा स्थितिलाई हेरेर २८ मतदान स्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील बाँकी सामान्यमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको थियो । कपिलवस्तुका तीन वटै क्षेत्रको मतगणना आज देखि थालिने जनाइएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया