
कपिलवस्तुमा ६५ प्रतिशत मात्र मत खस्यो, तीन ठाउँमा मतगणना गरिने

कपिलवस्तु । कपिलवस्तुमा ६५ प्रतिशत मात्र मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । आइतबारबिहान ७ बजेदेखि शुरु भएको मतदान जिल्लाभर साँझ ५ बजे सकिएको निर्वाचन कार्यालयका प्रमुख राजिव पन्थीले बताए ।
मतपेटिका मतगणना स्थलमा ल्याएपछि आज सर्वपक्षिय बैठक बसी् मतगणना हुने क्षेत्र नं ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए । जिल्लाको क्षेत्र नं १ को बाणगंगा मावि जगेहेडा, क्षेत्र न २ को कपिलवस्तु नगरपालिका सभाहल तौलिहवा र क्षेत्र नं ३ को राष्ट्रिय मावि चन्द्रौटामा मतगणना हुने जनाइएको छ ।
जिल्लामा २ सय ३५ मतदान स्थलमा ४ सय ७३ मतदान केन्द्र कायम गरिएको थियो । सुरक्षा स्थितिलाई हेरेर २८ मतदान स्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील बाँकी सामान्यमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको थियो । कपिलवस्तुका तीन वटै क्षेत्रको मतगणना आज देखि थालिने जनाइएको छ ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया