

चुनाव ०७९ चुनावकाे तयारी पूरा, बुथ कब्जा गरेर जित्छु भनेर नसाेच्न थपलियाकाे चेतावनी



काठमाण्डाै
निर्वाचन आयोगले आउँदो आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि सबै तयारी पूरा भएको जनाएको छ ।
आयोगमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि सबै तयारी पूरा भइसकेको भन्दै आज बिहीवार राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने बताउनुभयो । उहाँले आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको पनि बताउनुभयो ।
निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टाअघिको समयलाई मौन अवधि अर्थात् स्थिर समय भनेर तोकेको छ । स्थिर समयमा नियम उल्लङ्घन गर्नेलाई २५ हजार रुपैयाँ जरिबाना हुने थपलियाले बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था प्रदान गर्ने गरी दुई दिनभित्र केन्द्र निर्माण गरिने समेत बताउनुभयो । यो पटकको चुनावमा सुरक्षा व्यवस्था अत्यन्तै कडा हुने भन्दै बुथ कब्जा गरेर चुनाव जित्छु भन्ने नसोच्न प्रमुख निर्वाचन आयुक्त थपलियाले चेतावनीसमेत दिनुभएको छ ।
थपलियाले चुनावमा प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ र प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । थपलियाले समानुपातिकबाहेक प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ र प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जनाको उम्मेदवारी परेको बताउनुभयो । चुनावका लागि आठ करोड मतपत्र छापिएको उहाँले जानकारी दिनुभयो । उहाँले सात हजार दुई सय १९ जनाले चुनावको पर्यवेक्षण गर्ने भन्दै १८ कुटनीतिक नियोगले अनुगमन गर्ने बताउनुभयो ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया