

विदेसिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन्



काठमाण्डौँ
आगामी पाँच वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधिसभाका सदस्य चुन्न अब तीन दिन मात्र बाँकी छ । मङ्सिर ४ गते एकै चरणमा हुने निर्वाचनबाट चयन हुने जनप्रतिनिधिहरूले बनाउने नीति र थितिले नेपाल र नेपालीको भविष्य मार्ग कोर्नेछ । सातै प्रदेश र संघीय संसद् मा रहेर जनप्रतिनिधिले कानुन मात्र होइन, सरकार पनि सञ्चालन गर्नेछन् ।
निर्वाचन सम्पन्न नहुँदै परिणामबारे विभिन्न अड्कलबाजी गर्न थालिएको छ । निर्वाचन परिणाममा विदेशमा रहेका नेपाली निर्णायक हुन सक्ने देखिएको छ । विदेशमा रहेका लाखौँ नेपालीले निर्वाचनमा मतदान गर्न नपाए पनि आआफ्नो परिवारका सदस्यको मत प्रभावित पार्ने देखिन्छ । नेताले होइन, नीति र प्रणाली (सिस्टम) ले देश सञ्चालन भएको देखेका विदेसिएका नेपाली मुलुकभित्रको अव्यवस्थाप्रति असन्तुष्ट छन् । विदेशमा रहेका परिवारका सदस्यले भनेको कुरा घरमा रहेकाले नकार्ने अवस्था नहुन सक्छ । आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया